देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नवोदितको समयको बयानलाई चिसाप साहित्य पुरस्कार

देशान्तर

काठमाडौं – विराटनगरका युवा साहित्यकार मीनकुमार नवोदितको ‘समयको बयान’ कविता सङ्ग्रहलाई चितवन साहित्य परिषद्ले पुरस्कृत गर्ने निर्णय गरेको छ ।

शनिबार परिषद्का अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा बसेको बैठकले ‘चिसाप लीलानर्मदा साहित्य पुरस्कार’ नवोदितको ‘समयको बयान’ कविता सङ्ग्रहलाई प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कार रु १५ हजार राशि र सम्मानपत्र रहेको छ ।

दुई दशकभन्दा लामो समयदेखि पत्रकारितासँगै साहित्यमा सक्रिय नवोदितको ‘फूलबारीभित्रका भमराहरू’, ‘झरीले रुझेको गाउँ’ र ‘समयको बयान’ गरी तीनवटा कविता सङ्ग्रह प्रकाशित छन् ।

सरकारले युवा स्रष्टालाई दिने सबैभन्दा प्रतिष्ठित पुरस्कार युवा वर्ष मोती पुरस्कारबाट समेत सम्मानित भइसकेका नवोदित पत्रकारितामा समेत सक्रिय छन् भने अहिले विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको प्रेस सल्लाहकारका रुपमा कार्यरत छन्।

विसं २०७३ बाट निरन्तररूपमा प्रदान गर्दै आइएको सो पुरस्कार चिसापले यसभन्दा अघि रमादेवी शर्मा, श्रीओम श्रेष्ठ ‘रोदन’, विश्वनाथ अधिकारी, विमल वैद्यलाई प्रदान गरिसकेको छ।

पुरस्कारको स्थापना सरस्वती रिजाल र उपेन्द्र रिजालले आफ्ना दिवङ्गत मातापिताका नाममा स्थापना गरेका हुन् । घोषित पुरस्कार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्तीका अवसर पारेर यही कात्तिक ७ गते सोमबार चितवनमा विशेष समारोह आयोजना गरेर समर्पण गरिने परिषद् अध्यक्ष केदारनाथ खनालले जानकारी दिए।