देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देश गम्भिर मोडमा उभिएको छ : प्रधानमन्त्री देउवा

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश गम्भिर मोडमा उभिएको बताएका छन् ।

आइतबार कैलालीको धनगढीमा आयोजना गरिएको सत्तारुढ गठबन्धनको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनपछि मुलुक कता जाने भन्ने गम्भिर मोडमा उभिएको बताएका हो ।

संविधान र गणतन्त्रको रक्षाको लागि गठबन्धन बनेको जिकिर गर्दै प्रधानमन्त्री देउवाले २००७ सालदेखि लडाई लड्दै ल्याएको गणतन्त्र र संविधान बचाउनका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनु जरुरी रहेको बताए ।

जितको सफलता सुदूरपश्चिमबाट मिल्ने अपेक्षा राख्दै देउवाले आपसी तिक्ताता त्यागेर गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउन आह्वान समेत गरे ।