देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रचण्ड पत्नी सीताको स्वास्थ्यमा सुधार

देशान्तर

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

गत बुधबार स्वास्थ्यमा समस्या आएपछि ललितपुरको मेडिसीटी अस्पताल भर्ना भएकी सीताको स्वास्थ्यमा सुधार हुँदै गएको अस्पताल स्रोतले जनाएको छ।

अस्पताल स्रोतका अनुसार सीताको आइसीयूमा उपचार भइरहेको छ । ‘उहाँको स्वास्थ्यमा सुधार हुँदै गएको छ । सायद २–३ दिनमा डिस्चार्ज गछौं,’ अस्पताल स्रोतले भन्यो।