देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मकवानपुरमा आगलागी हुँदा करिब ७५ लाखको क्षति

देशान्तर

काठमाडौं – मकवानपुरको थाहानगरपालिका ६ बज्रबाराहीमा गएराति विद्युत सट भई आगलागी हुँदा सोही वडा बस्ने मेघबहादुर बलामीको घर पूर्ण नष्ट भएको पालुङ इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो आगोलागीबाट खाद्यान्न, लत्ताकपडा, विद्युतीय उपकरण, कम्प्युटर, टेलिभिजनलगायत जलेर नष्ट हुँदा ७५ लाख रुपैयाँ बराबरको सामग्रीको क्षति भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक दुर्गा खनालले जानकारी दिए।

उक्त आगो थाहानगरपालिकाको दमकल, पालुङ प्रहरी र स्थानीय बासिन्दाले करिब दुई घण्टापश्चात् नियन्त्रण गरेको प्रहरीले जनाएको छ ।