देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लक्ष्मीपूजा : मागभन्दा बढी बिजुली खपत

देशान्तर

तिहारको लक्ष्मीपूजाको दिन सोमबार मागभन्दा बढी बिजुली खपत भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार सोमबार देशभर १३ सय ५ मेगावाट बिजुली खपत भएको हो ।

देशभित्र लक्ष्मी पूजाको दिन १३ सय ५ मेगावाट बिजुली खपत हुँदा प्राधिकरणले हिजो ३ सय ८० मेगावाट बिजुली भारत निर्यात गरेको छ ।

निर्यातसहित सोमबार कुल १६ सय ८५ मेगावाट विद्युत प्रणालीमा लोड भएको थियो । सबैभन्दा बढी लोड ६ बजेर १० मिनेट जादा भएको थियो । २०० मेगावाट बिजुली स्पील अर्थात मागभन्दा बढी उत्पादन भएको थियो ।

तिहारको बिदाको कारण उद्योग बन्द भएको हुँदा सामान्य दिनमा भन्दा ४ सय मेगावाट बिजुली खपत कम हुने थियो । तर, सर्वसाधारणले उज्यालोको पर्व तिहारमा झिलिमिली बत्ती बाल्ने हुँदा घरायसी माग बढेर २ सय मेगावाट मात्रै विजुली खेर गएको हो ।

२०७३ सालको लक्ष्मीपूजाको दिनदेखि काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्य भएको थियो ।