देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लोलाङ हाइटमा आगाेलागी हुँदा जुत्ता कारखाना, रेस्टुरेन्ट र वर्कसपमा क्षति

देशान्तर

काठमाण्डौको लोलाङ हाइटमा लागेको आगोबाट जुत्ता कारखाना, रेस्टुरेन्ट र वर्कसपमा क्षति पुगेको छ ।

काठमाण्डौको तारकेश्वर नगरपालिका वडा नम्बर–४ लोलाङ हाइटमा हिजो बेलुका भएको आगलागीबाट जुत्ता कारखानासहित जुत्ताको सोरुम, एउटा रेस्टुरेन्ट र मोटरसाइकल वर्कशपमा क्षति भएको हो ।

हिजो बेलुका लक्ष्मी पूजा गरेको केही बेरमै जुत्ता कारखानामा आगलागी भएको बालाजु प्रहरी वृत्तले जनाएको छ ।

स्थानीय बासिन्दा, प्रहरी र दुई वटा दमकलको सहयोगमा आगो हिजो नै निभाइएको थियो । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भैरहेको प्रहरी वृत्त बालाजुले जनाएको छ ।