देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र बेलायती सभामुखबीच भेटवार्ता

देशान्तर

बेलायतको भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको तल्लो सदन हाउस अफ कमनका सभामुख सर लिण्डसे होयलबीच भेटवार्ता भएको छ ।

मङ्गलबार बेलायती संसद भवनमा भएको उक्त भेटका अवसरमा उनीहरुबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषय विशेष गरी दुई देशका सांसद्बीच भ्रमण तथा अनुभवको आदानप्रदान, भूपू गोर्खासम्बन्धी विषयमा विचारको आदानप्रदान भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

भेटमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना एवं राजदूतावासका उपनियोग प्रमुख श्रीमती रोशन खनाल सहभागी थिए ।

यस्तै सोमबार बेलायतको संसद्मा रहेको बेलायत–नेपाल मैत्री समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्माले अध्यक्ष तिमिल्सिनाको सम्मानमा आयोजना गरेकाे दिवाभोजमा पनि तिमिल्सिना सहभागी भएका थिए ।