देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले भाइटीका लगाएनन्

देशान्तर

काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको तिहारमा भाइटीका लगाएनन् ।

राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन् ।

यस्तै,प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यस वर्षको भाइटीका लगाएनन् ।

भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएकाे प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन ।

भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका लगाएका थिएनन् ।