देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीले बहिनीहरुको हातबाट भाइटीका लगाए

देशान्तर

भक्तपुर- नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरुको हातबाट भाइटीका लगाएका छन् । भाइटीकाको शुभ साइतमा उनले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातबाट भाइटीका ग्रहण लगाएका हुन्।

ओलीले बालकोटमा भाइटीकाको शुभसाइत ११ बजेर ३७ मिनेटमा आफ्ना बहिनीहरुबाट ग्रहण गरेकाे उनको सचिवालयले जनाएको छ । त्यस अवसरमा उनले बहिनीहरुले दिएका कोशेली ग्रहण गर्दै बहिनीहरुलाई पनि सप्तरंगी टीका लगाई दिए ।

यम पञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा वास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दुबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदिबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य एवं दीर्घायुको कामना गर्ने गरिन्छ ।

टीका ग्रहणपछि सञ्चारकर्मीसँगको संक्षिप्त प्रतिक्रियामा अध्यक्ष ओलीले भाइटीकाले दिदिबहिनीहरुसँग मिल्ने अवसर जुराएको बताए । हरेक चाडपर्वको महत्व फरक फरक हुने भन्दै चाडपर्वको संरक्षण र सम्वर्धन गर्न जरुरी रहेको बताए। हजारौँ वर्ष लगाएर संरक्षण गरिएका चाडपर्व र इतिहासलाई सबै नेपालीले संरक्षित गर्नु अहिलेको आवश्यक्ता भएको बताए ।