मंसिर ४ गतेका लागि तय भएको संघ र प्रदेशसभा चुनावका लागि उम्मेदवारहरु अहिले देखि नै चुनावी प्रचार प्रसारमा व्यस्त बनेका छन् । चाडपर्वको मौका छोपी कति ठाउँमा त उम्मेदवारहरुले देउँसी भैलोसँगै मत माग्ने काम गरिरहेका छन् ।
देशका विभिन्न ठाउँमा उम्मेदवारहरु मतमाग्नका लागि व्यस्त भएजस्तै मधेश प्रदेशको राजधानी धनुषामा पनि चुनावी रौनक बढ्दै गएको छ । मधेश प्रदेशको अझ ठूलो चाड छठ पर्व आउन लागेकाले पनि उम्मेदवारहरु त्यसलाई पनि चुनावी तयारीको रुपमा लिएर बसेका छन् । मधेश प्रदेशमा छठको छुट्टै रौनकहुने भएकाले अहिले देउँसी भैलो खेलेर मत मागे जस्तै छठ घाटमा पुगेर पनि प्रचार प्रसार गर्ने योजना बनाएका हुन् ।
धनुषाको क्षेत्र नम्बर ३ मा चुनावी रौनक बढ्दै गएको छ । जनकपुर उमहानगरपालिकाका १७ वटा वडासहित विदेह नगरपालिकाको वडा नम्बर ९, धनौजी गाउँपालिकासहितको क्षेत्र पर्छ । संघमा एमाले जसपा गठबन्धनबाट संघमा जुली महतो उम्मेदवार रहेकी छिन् भने प्रदेशसभा कमा जितेन्द्र यादवले जसपाबाट उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट अनिल झाले संघीय संसदको उम्मेदवारी दिएका छन् ।
एमाले जसपा गठबन्धनबाट प्रदेशसभा सदस्यकाे उम्मेदवार बनेका जितेन्द्र यादवले पछिल्लो समय चुनावको माहोल बन्दै गएको जानकारी दिए । उनले भने ‘हामी अहिले घरदैलोमा छौं, चुनावी माहोल राम्रो हुँदै गएको छ ।’ अरु उम्मेदवारले जस्तै यादवले पनि जनताको सेवा र विकासका लागि आफू चुनावी मैदानमा उत्रिएको बताउँदै मंसिर ४ गते जनताले गर्ने फैसला आफूलाई स्वीकार्य रहने पनि बताए ।





प्रतिक्रिया