महाेत्तरी – महोत्तरीको भङ्गाहा नगरपालिका–८ मा दुई पक्षबीच आज दिउँसो भएको झडपपश्चात् स्थितिलाई नियन्त्रमा लिन कफ्र्यू लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर–८ को दक्षिणमा पूरै पडरिया गाउँ, उत्तरमा धर्मपुर, पूर्वमा लोहारपट्टीको बगडा चोक र पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टी नजिकै रहेको पुलसम्म आज अपराह्न ४ बजेदेखि अनिश्चितकालसम्मका लागि कफ्र्यू लगाइएको जनाइएको छ ।
सो स्थानमा अत्यावश्यकबाहेक भेला, जुलुस, घेराउ, ¥याली, सभा गर्न नपाउने तथा थप धनजनको क्षति हुन नदिनका लागि कफ्र्यू जारी गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीद्वारा जारी आदेशमा जनाइएको छ ।
पहाडीद्वारा जारी कर्फ्यु आदेशमा साम्प्रदायिक सद्भाव खलल पुग्ने गरी बिहीबार भँगाहामा दुई पक्षबीच झडप भएको जनाइएको छ । शान्ति सुरक्षाको स्थिति भंग हुने अवस्था सिर्जना भएकाले कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी पहाडीले जनाएका छन् ।
हिन्दू र मुस्लिम समुदायबीच भएको झडपमा प्रहरीसहित करिब डेढ दर्जन व्यक्ति घाइते भएका छन् ।बिहीबार हिन्दू सम्राट सेना नामक एक संस्थाले निकालेको शोभायात्राको ुहिन्दू राष्ट्र कायम गरु भन्ने नारा लगाउँदा मुस्लिम समुदायका व्यक्तिहरूले पत्थरबाजी गरेपछि झडप भएको थियो ।
सो झडपका क्रममा ७र८ जना प्रहरीसहित करिब डेढ दर्जन व्यक्ति घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवले जानकारी दिएका छन् ।
बिहान करिब १० बजेतिर कलश यात्रा भन्दै निकालिएको र्यालीमा सहभागीहरूले हिन्दू राष्ट्र कायम गर नारा लगाउँदै पररिया बजारमा पुग्दा मुस्लिम समुदायबाट पत्थरबाजी हुँदा दुवै पक्षबीच झडप भएको थियो । अवस्था तनावग्रस्त भएपछि प्रहरी १५ राउण्ड आश्रुग्यास र ३२ राउण्ड हवाई फायर समेत गरेको प्रवक्ता यादवले जनाएका छन् ।
प्रतिक्रिया