देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बरिष्ठ पत्रकार पाण्डेको निधन

देशान्तर

वरिष्ठ पत्रकार कौशल पाण्डेको ७५ वर्षको उमेरमा निधन भएको छ । मकवानपुरको हेटौंडा–४ कमलडाँडास्थित निवासमा पाण्डेको विहीबार साँझ निधन भएको हो ।

उनको लिभर सिरोसिसको केही महिनाअघि मात्र शल्यक्रिया गरिएको थियो । परिवारका सदस्यको अनुसार केही समयदेखि उनको स्वास्थ्य अवस्था जटिल रहेको थियो ।

उनको पार्थिव शरीर आज शुक्रबार अन्त्येष्टि गरिने पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले जानकारी दिए ।

पत्रकार महासंघ, मकवानपुरका पूर्व अध्यक्ष पाण्डे हेटौडावाट प्रकाशित हुने प्रयास अर्ध साप्ताहिकलगायतको पत्रिकाको सम्पादनको भूमिकामा रहेका थिए ।