देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रक्सी र मासुको आडमा पैसाले मत किन्ने साेँच्नु गलत : अम्भुप्रसाद साह

देशान्तर

धनुषामा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी सरगर्मी बढेको छ । धेरै निर्वाचन क्षेत्र रहेको भएकाले ठूला राजनीतिक दलहरूको केन्द्रबिन्दु बनेको प्रदेश २ को चुनावी माहोल झनै तातेको हो ।

विभिन्न पार्टी तथा स्वतन्त्र रूपमा उम्मेदवारी दिएर अहिले सबै उम्मेदवार घर दैलो कार्यक्रममा व्यस्त छन् । चुनावी अंक गणित नियाल्दा स्वतन्त्र रूपमा धनुषा क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका अम्भुप्रसाद साह प्रतिस्पर्धा पनि चासोको विषय बनेको छ ।

‘म राजनीतिमा आउनु र मैले उम्मेदवारी दिनुमा एउटा मात्र स्वार्थ छ, त्यो हो विकास,’ उनले भने । भिन्न अजेण्डा र राम्रो भिजन रहेको तथा जनता पनि आफ्नो साथमा रहेको उनको दाबी छ ।

अब मत रक्सी र मासुकाे आडमा वा पैसामा किन्छु भन्नु मुर्खता भएको उनले बताए ।