देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मेरो ध्यान पूर्वाधार निर्माणमा छ : कांग्रेस नेता सिंह

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो ध्यान कानुन बनाउने मात्र नभई भौतिक पूर्वाधार निर्माणमा समेत रहने बताएका छन् । चुनावी अभियानका क्रममा आज (आइतबार) मतदाताहरूसँगको भेटघाटमा नेता सिंहले आफ्नो ध्यान
पूर्वाधार निर्माणसमेत रहेको बताएका हुन्।

आफ्नो निर्वाचनको क्षेत्रमा आफूभन्दा अघिका जनप्रतिनीधिहरुको तुलनामा आफूले निकै धेरै काम गरेको सिंहको दाबी छ । काठमाण्डौ क्षेत्र नं. १ का उमेदवार नेता सिंहले यस क्षेत्रले जिताएर पठाएका जनप्रतिनिधि देशको प्रधानमन्त्री साथै ठूला ठूला पदमा पुगे पनि विकासको काममा ठूलो योगदान नदिएको बताए ।

उनले बहुदलपछि यस क्षेत्रमा कांग्रेसले २०६४ सालसम्म बहुमत पाउन नसकेको बताए । २०६४ मा जनताले आफूलाई जिताएर पठाएपछि मात्र यस क्षेत्रमा विकासको कार्य अगाडि बढेको उनको दाबी छ ।

उनले विकासको कामलाई तिव्रता दिन अझै बाकिरहेको बताए । उनले भने, ‘अझै पनि विकाशका कामलाई अगाडि बढाउन उचित कानुनहरु नबनेकाले साथै यस क्षेत्रको भौतिक पूर्वाधार विकासका लागि कांग्रेसले जित्नुपर्ने छ ।’

जनप्रतिनिधिका रुपमा जनताले बोलाउदा आफू सधैँ हाजिर भएको सिंहले बताए । जनतालाई दुख पर्दा आफूले सक्दो मद्धत गर्ने गरेकाले यस पटक पनि जनताले आफूलाई विश्वाश गर्नेमा आशावादी रहेको उनको भनाइ छ । राजनीति सेवाको भावले प्रेरित भएर सुरु गरेको बताउदै सिंहले निकै लामो उतारचढाव झेल्दै यहाँसम्म आइपुगेको बताए । उनले आफूमा कुनै लोभलालच नरहेको दाबी गरे ।

चुनावी अभियानमा सबै खाले उम्मेदवार र राजनीति दल घरदैलोमा आउनु स्वभाविक भए पनि राजनीति दल र उमेदवारको विषयमा सही मूल्यांकन जनताले गर्नुपर्ने उनको धारणा छ ।