काठमाडौँ – काठमाण्डौमा घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
बागबजारमा रहेको नानीदेवी महर्जनको घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी दुई वर्षीया छोरी रियासाको बिहान ज्यान गएको प्रहरीले जनाएको छ ।
गएराति आफ्नै घरबाट खसेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहान ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।





प्रतिक्रिया