चितवन – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मैयाँदेवीको जीवनले कांग्रेसको एउटा पाटोलाई समेटेको बताएका छन् ।
नेपाली कांग्रेस चितवनले आज आयोजना गरेको श्रद्धाञ्जलिसभामा उनले श्रेष्ठको जीवन लोकतन्त्रको संरक्षणमा बितेको बताए । उनले राजनीति र विकासलाई सँगै लिएर जानसक्ने नेताका रुपमा श्रेष्ठ रहेको उल्लेख गरे ।
पौडेलले भने, ‘मैयाँदेवीले जसरी समाजलाई दयामाया र सद्भावको दृष्टिले हेर्नुभयो त्यो एउटा मानवीयताको उदाहारण हो।’ मैयाँदेवीलाई चिरस्थायी बनाउने र इतिहास जीवित राख्ने काम कन्या कलेज र सामाजिक सङ्घसंस्थाबाट भएको उनले बताए ।
उनले भने, ‘अहिले वातावरणको सबैभन्दा ठूलो समस्या रहेको छ । यो समयमा राम्रो प्रकृति र हरियाली बनाउन मैयाँदेवी पार्क बनाएर उनको जीवनलाई चिरस्थायी बनाउँ र सम्पत्ति ट्रष्टमा परिणत गरौँ ।’





प्रतिक्रिया