देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पीएम कपमा पुलिसको लगातार दोस्रो जित

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा पुलिसले प्रदेश १ लाई ७ विकेटले हरायो ।

मूलपानी क्रिकेट मैदानमा प्रदेश १ ले दिएको १ सय ३ रनको सामान्य लक्ष्य पुलिसले १४ ओभरमा ३ विकेट गुमाएर भेटायो । उसका कुशल भुर्तेलले ४२ र शंकर रानाले २९ रन बनाए । बलिङतर्फ प्रदेश १ का फिरदोश अनसारी र सिद्धान्त लोहनीले १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय २ रन बनायो । उसका निरज मुखियाले २९ र अंकित सुवेदीले २४ रन बनाए । बलिङतर्फ ललित राजवंशीले ५ विकेट लिए । यस्तै सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिए ।

यो जितसँगै समूह बी मा रहेको पुलिस २ खेलमा ४ अङ्क जोड्दै शीर्ष स्थानमा छ ।

प्रदेश १ ले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।