देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

देशान्तर

काठमाडौं – कपिलवस्तुको महाराजगंज नगरपालिका–१ स्थित महाराजगंज गैडहवा भित्रि सडक खण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

लु ६९ प १५ ६९ नम्बरको मोटरसाइकल आज बिहान साढे ६ बजे अनियन्त्रित भई सडक छेउमा रहेको खाल्डोमा खसेको थियो ।

दुर्घटनामा गम्भिर घाइते भएका चालकको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवा कपिलबस्तुमा मृत्यु भएको इलाका प्रहरी कार्यालय महाराजगंजले जनाएको छ ।