देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२४ घण्टामा ६ जनामा कोरोना पुष्टि

देशान्तर

काठमाडौँ – पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी आठ सय ८७ जनाको नमुना परीक्षण गर्दा ६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप ३६ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय २२ जनामा झरेको छ ।

यसैबीच गएको साउनपछि डेङ्गी सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५४ जना पुगेको छ ।

४६ हजार सात सय ६८ जनामा डेङ्गी पुष्टि भएकोमा ५४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।