देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री देउवा धनगढी पुगे

देशान्तर

धनगढी- प्रधानमन्त्री शेरबहादुर देउवा आज धनगढी पुगेका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी पुगेका हुन्।

देउवा भोलिदेखि चार दिनसम्म आफ्नो निर्वाचन क्षेत्रमा हुने चुनाव प्रचारमा सहभागी हुने छन् ।देउवाले भोलि डडेल्धुरको अमरगढी नगरपालिकास्थित बसपार्कमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

डडेलधुराबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका देउवाले यसपटक कम्युनिस्टको साथ पाएका छन् ।देउवाविरुद्ध नेपाली कांग्रेस (बिपी)का कर्ण मल्ल, स्वतन्त्र उमेदवार सागर ढकाललगायत ८ जना चुनावी मैदानमा छन् ।प्रधानमन्त्री देउवालाई डडेल्धुरा जान आयोगले शर्तसहितको अनुमति दिएको थियो ।