काठमाडौं – डेङ्गु सङ्क्रमणका कारण लमजुङका २३ वर्षीया चादनी अधिकारीको मृत्यु भएको छ। चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।
“सामान्य ज्वरो र बान्ताको समस्या देखिएपछि मङ्गलबार बेँसीसहरस्थित मोडल हस्पिटलमा भर्ना गरिए पनि समस्या बढ्दै गएपछि सोही दिन चितवन लगिएको थियो,” उनले भने । डेङ्गु सङ्क्रमण रहेको र निरन्तर बान्ताका कारण निधन भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। उनी विगत डेढ वर्षदेखि लमजुङ सुन्दरबजार नगरपालिकास्थित रेडियो भोटेओडारमा कार्यरत थिइन्।
मृतक अधिकारी प्रेस सेन्टर नेपाल लमजुङको सचिव, सञ्चारिका समूह लमजुङको सहसचिव थिइन्। नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाले एक शोक विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेको छ।





प्रतिक्रिया