देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

साढे ३१ लाख बढी हुन्डीको रकमसहित तीन जना न्युरोडबाट पक्राउ

देशान्तर

काठमाडौँ – हुन्डी कारोबार गरेको आरोपमा काठमाडौंको न्युरोडबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

३१ लाख ८१ हजार ३८५ रुपैयाँसहित तीन जनालाई न्युरोडबाट तीन जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए । विशालबजारको अनुज सेन्टर र खिचापोखरीको जयदुर्गा ट्रेड इन्टरनेशनलबाट उनीहरूलाई बुधबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नयाँ दिल्ली घर भई ठमेल बस्ने ५० वर्षीय कमलकान्त कुल्थिया, सप्तरी घर भई नक्साल बस्ने ६७ वर्षीय निर्मलकुमार अग्रवाल र राजस्थान घर भई ताहाचल बस्ने ५५ वर्षीय किशन गोपाल छन्।

हुन्डी कारोबार गरिरहेको भन्ने सूचना पाएपछि कार्यालयको टोलीले उनीहरूको निगरानी गरेको थियो।

उनीहरूमाथि नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार अनुसन्धान गर्न बिहीबार जिल्ला प्रहरी परिसर टेकूमा पठाएको छ।