देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै केएमसीमा धर्ना

देशान्तर

काठमाडौँ – चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै विगत केही दिनदेखि काठमाडौं मेडिकल कलेज (केएमसी) बिरुद्ध आन्दोलनमा उत्रिएका मृतकका परिवार र संघर्ष समितिले धर्ना दिएको छ ।

काठमाडौं महानगरपालिका–९ ओमनगर निवासी ४८ वर्षीय शैलेन्द्र विद्याधरको गत असोज ३० गते उपचारको क्रममा मृत्यु भएपछि मृतकका परिवार र आफन्त केएमसीबिरुद्ध आन्दोलनमा उत्रिएका हुन् । मृतककी श्रीमती सुशिला विद्याधर सहित संघर्ष समितिको टोलीले आज अस्पताल वरपर नाराबाजीसहित प्रदर्शन गरेको हो ।

आज २१ दिन भइसक्यो, आजसम्म सुनुवाई नै भएको छैन । शव कुहिने अवस्थामा छ । अब भएन भने हामी प्रधानमन्त्री निवास बालुवाटार घेर्न जान्छौँ ।’

सो क्रममा उनीहरुले ‘सरकार पीडितलाई न्याय देऊ’, ‘लाइसेन्स लिएर मान्छे मार्न पाइँदैन’, ‘केएमसी प्रशासन मुर्दावाद’, ‘हत्यारा डाक्टर मुर्दावाद’, लगायतका नारा लगाएका थिए ।

डाक्टरले ब्रेन ट्युमरको अप्रेसनका क्रममा टाउकोको नशा काटेका कारण बिरामीको मृत्यु भएको भन्दै आक्रोशित मृतकका आफन्तले उचित क्षतिपूर्ति र न्युरो अस्पतालमा लागेको उपचारको खर्च व्यहोर्नुपर्ने माग गरेको छ । यता अस्पताल प्रशासनले भने कुनै चासो नदेखाएको संघर्ष समितिका संयोजक इन्द्रबहादुर श्रेष्ठले बताए ।

उनले बिरामीको मृत्यु भएको २१ दिन पुगिसक्दासमेत अस्पतालले कुनै चासो नदिएको बताएका छन् । उनले आज पनि अस्पतालले पीडितका मागहरु सम्बोधन नगरेमा आईतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्ने चेतावनी दिए । उनले मृत्यु भएको २१ दिनसम्म परिवारलाई क्षतिपूर्ति दिने कुरा नै नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनले भने, ‘बिरामी र बिरामीका परिवारलाई तपाई आफ्नै क्षेत्रको हुनुहुँदो रहेछ, ८० हजारमा नै अप्रेशन गर्छु भनेर मोटिभेट गरेर अप्रेशन गर्न तयार गरायो । साढे ९ बाट अप्रेशन शुरु गरेको तर, १५ मिनेटको ग्यापमा बिरामीको नशा काटेछ, रगत बगिरह्यो र त्यसपछि न्युरो हस्पिटलमा लग्ने कुरा भयो, बिरामी कुरुवाले त्यो थाहा पाएपछि के भयो भन्ने हल्ला भयो । त्यही डाक्टरको टिमले नाकमा, मुखमा कपडा कोचेर लगेका रहेछन् ।

त्यसबेला डाक्टर, नर्सहरुको सबैको रगताम्य भएको थियो शरीरमा । कुरुवालाई कहाँ लैजाँदै छौँ भनेनन् । मृतकको क्षपिूर्ति दिनुपर्छ, न्युरोमा लागेको उपचार खर्च व्यहोर्नुपर्छ भनेका हौँ ।

आज २१ दिन भइसक्यो, आजसम्म सुनुवाई नै भएको छैन । शव कुहिने अवस्थामा छ । अब भएन भने हामी प्रधानमन्त्री निवास बालुवाटार घेर्न जान्छौँ ।’

मृतकका परिवारले डा. अमृत थापाको नेतृत्वमा रहेको काठमाडौं मेडिकल कलेजको टिमले बिरामीलाई सस्तैमा अप्रेसन गरिदिने प्रलोभनमा पारी लापरवाही गरेर बिरामीको मृत्यु भएको बताए । संघर्ष समितिका सदस्यहरुले सरकार पीडितलाई न्याय दे, मेडिकल माफिया मुर्दावाद, हाम्रो माग पूरा गर, केएमसी प्रशासन मुर्दावाद, लाइसेन्स लिएर मान्छे मार्न पाइँदैन जस्ता नारा लगाएर बिरोध गरेका थिए ।