देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्वाचन आयोगले मतदाता नामावलीबाट २ लाख ५० हजारको नाम हटायो

देशान्तर

काठमाडौँ – निर्वाचन आयोगले मतदाता नामावलीबाट २ लाख ५० हजारको नाम हटाएको छ ।

आगामी निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्दा मृतक र दोहोरिएका मतदाताको नाम हटाइएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय निर्वाचनपछि नाम हटाउन आयोगले गरेको परिपत्रबमोजिम २ लाख ३० हजार मृतक मतदाता र दोहोरिएका २० हजार गरी २ लाख ५० हजार मतदाताको नाम हटाएको जानकारी दिए ।

आगामी निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता मतदान गर्न योग्य छन् । आयोगले मृतक मतदाताको नाम मतदाता नामावलीबाट हटाउन जिल्ला निर्वाचन कार्यालयमार्फत प्रत्येक वडामा मतदाताको सूची पठाएको थियो ।

वडाले गरेको सिफारिसका आधारमा मतदाताको नाम हटाइएको आयोगले जनाएको छ ।