देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

फेरि प्रधानमन्त्री बनेर देखाउन ओलीलाई प्रचण्डको चुनौती

देशान्तर

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका छन् ।

आज दार्चुलामा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफैंले प्रधानमन्त्री बनाए पनि उनले संविधान विपरित प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेको आरोप लगाए।

दाहालले तत्कालीन समयमा ओलीले एकपटक आफूलाई प्रधानमन्त्री बनाइदिनुस् भनेकाले आफूले सहयोग गरेर दोस्रो पटक प्रधानमन्त्री बनाएको भन्दै पुन : प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका हुन् ।

उनले ओलीले आफूले लिम्पियाधुरा लिपुलेक समेटेर बनाएको नक्सा पनि ओलीले बाध्य भएर मात्रै बनाएको बताए । दाहालले ओली कायर मान्छे रहेको भन्दै चुनाव आएपछि दार्चुला आएर गोहीको आशु चुहाउने गरेको टिप्पणी गरे।