देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रकाशमानलाई भोट माग्दै बाबुराम, काठमाडौं–१ मा गठबन्धनले जित्ने प्रकाशमानको दावी

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनले नै जित हासिल गर्ने दावी गरेका ।

शुक्रबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को घरदैलो कार्यक्रममा उनले यस्तो बताएका हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धनको जित सुनिश्चित रहेको उनले बताएको हो । उनले आफूले पार्टीलाई भन्दा पनि गठबन्धनलाई अघि राखेर र आधार मानेर हामी अघि बढिरहेको पनि उल्लेख गरे ।

उनले संविधान जारी गरेपछि संविधानलाई कार्यान्वयन गर्ने अवसर दिन गठबन्धनलाई जिताउन आवश्यक भएको बताए । नेता सिंहले निर्वाचनले संविधानको रक्षा र प्राप्त गरेका अधिकारहरुलाई सुरक्षित राखेर संस्थागत गर्दै विकास निर्माणका प्रक्रियाहरुलाई अघि बढाउने दावी गरे ।

नेता सिंहको घरदैलो कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि भोट माग्नका लागि सहभागी बने थिए । भट्टराईले गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा हुने बताएका छन् । भट्टराईले नेता सिंह देश विकासको लागि सही र सक्षम नेता भएकाले गठबन्धनका उम्मेदवारहरुलाई काठमाडौं – १ का मतदाताले जिताउनेमा विश्वस्त रहेको बताए।

गठबन्धनमा साझा उम्मेदवारहरुले निर्वाचन जितेको खण्डमा मात्रै संविधानको रक्षा र प्रतिगमनकारीलाई रोक्न सकिने भएकाले प्रकाशमान लगायत गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गर्न समेत उनले आग्रह गरे । अध्यक्ष भट्टराईले घरदैलो कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनबाट मात्रै विकासले गति लिन्छ भन्ने आम नागरिकको विश्वास रहेको पाइएको बताए ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ सहित देशभर नै यतिबेला आगामी निर्वाचनमा जित सुनिश्चितता लागि मत माग्दै विभिन्न राजनीतिक दलहरु प्रचारप्रसारमा व्यस्त भएका छन् ।