काठमाडाैं – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई स्थायी बनाउन गठबन्धन आवश्यक रहेको बताएका छन्।
शुक्रबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० को सतुंगलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुदै उनले मंसिर ४ गते एकै दिनमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले यसको फैसला गर्ने पनि बताए। लोकतन्त्र स्थायी गराउन गठबन्धन आवश्यक रहेको भन्दै देउवाले निर्वाचनपछि गठबन्धन सरकार १० देखि १५ वर्षसम्म जाने दावी गरे ।
प्रधानमन्त्री देउवाले भने, ‘मंसिर ४ गते हुने निर्वाचनले नेपालको भविष्य कता लाने हो भन्ने फैसला गर्नुछ।”३३ प्रतिशत महिलाको अधिकार, आदिवासी जनजाति, दलित सबैलाई समावेसी हक दिएकोले अहिलेको समावेसी संविधान एवम् प्रजातन्त्रलाई बचाउनुपर्ने देउवाकाे भनाइ छ।





प्रतिक्रिया