देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौं १ का मतदाताहरुको घाउ निको पार्न मैले जित्नैपर्छः किरण पौडेल

देशान्तर

काठमाडौँ – नेकपा एमालेका नेता किरण पौडेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का जनताको हरेक समस्या समाधान गर्न नेकपा एमालेले जित्नैपर्ने बताएका छ ।
शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएका हो । उनले आसन्न निर्वाचनबाट आफू विजयी बनेपछि निर्वाचन क्षेत्रका जनताको हरेक समस्या समाधान गर्ने काममा तल्लिन रहने बताउनु भयो ।

उनले अहिलेका जनप्रतिनिधिहरु ५ वर्षसम्म के गर्दैछन्, कसका निम्ति हिँड्दैछन्भ भन्नेकुराको महशुससमेत जनताले गर्न नपाएको भन्दै आगामी दिनमा आफूले जितेपछि हरेक बिहान निर्वाचन क्षेत्रका जनताको समस्या समाधान गर्ने र गुनासो सुन्ने बताए । उनले जनताको गुनासो सुन्नका लागि आफूले जनतासँग नप्रतिनिधि भन्ने अभियान सञ्चालन गर्नेपनि बताए । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार रहेएका नेता पौडेलले काठमाडौं १ का जनताले आफ्नो प्रतिनिधि कोही भएको महशुस गर्न नपाएको गुनासो गरेको बताए ।

उनले आसन्न निर्वाचनको जितसँगै काठमाडौं १ का मतदाताहरुको चर्किरहेको घाउलाई निको पारेर जनताका चासो, सरोकारका विषयमा आफू प्रत्यक्ष जोडिएर समाधान गर्ने र शिक्षा, स्वास्थ्यका समस्याहरुको समाधान गर्ने पक्षमा नेकपा एमाले रहेको प्रष्ट पारे । उनले भने ‘यो क्षेत्रका जनताले आफ्नो प्रतिनिधि कोही भएको महशुस गरिरहेको छैन ।

आफूले निर्वाचित गरेर पठाएको जनप्रतिनिधि कहाँ छन् के गर्दैछन्, कसका निम्ति हिँड्दैछन् भन्नेकुरा यहाँका मतदाताहरुले अनुभव गरिरहेका छ । त्यसले गर्दा १५ वर्षदेखि यहाँका मतदाताहरुको मनमा चर्किरहेको घाउलाई निको पारेर अबको निर्वाचनपछि ५ वर्षसम्मको निम्ति जनताका चासो, सरोकारका विषयमा आफू प्रत्यक्ष जोडिएर समाधान गर्ने, शिक्षा स्वास्थ्यका समस्याहरुको समाधान गर्ने पक्षमा हामी छौँ ।

पुरानो पुस्ताबाट यो सम्भव छैन भन्नेकुरा जनताले महशुस गरेका छ । जनताले परिवर्तन खोजेका छन् । यहाँ आएका प्रतिष्पर्धीमध्ये सबैभन्दा उपयुक्त पात्रको रुपमा मतदाताले मलाई हेरिरहेको छ । चुनाव जितेपछि ५ वर्ष हराउँछौ भन्ने मतदाताको गुनासो छ । अब निर्वाचित भएपछि हाम्रो घरदैलो शुरु हुन्छ ।

निर्वाचनपछि कम्तिमा २ घण्टा हरेक बस्तीमा गएर जनतासँग जनप्रतिनिधि भन्ने अभियान चलाउँछौँ ।’किरण पौडेल, प्रतिनिधि सभा उम्मेदवार, काठमाडौं निर्वाचन क्षेत्र नम्बर १, नेकपा एमाले नेता पौडेलले काठमाडौं १ का मतदाताहरुले निर्वाचन क्षेत्रका अन्य प्रतिष्पर्धीहरुमध्ये सबैभन्दा उपयुक्त पात्रको रुपमा आफूलाई हेरिरहेको समेत दाबी गरे ।