देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री बन्न गगन थापा सक्षम : स्वर्णिम वाग्ले

देशान्तर

काठमाडौँ – अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा आगामी चुनावपछि प्रधानमन्त्री बन्ने दावी गरेका छन् ।

शनिबार काठमाडौं क्षेत्र नम्बर ४ मा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हो । कांग्रेसको निकट भएर चुनावी प्रचारमा जुट्नुभएका अर्थविद् वाग्लेले मुलुकको प्रधानमन्त्री बन्नका लागि थापा सक्षम र तयार रहेको पनि पटक-पटक दोहोर्याएका हो ।

महामन्त्री थापालाई प्रधानमन्त्री बनाउनका लागि जिताएर पठाउन समेत उनले स्थानीय मतदातालाई आह्वान गरे । उनले थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोही अनुसारको आफूहरु जस्ता विज्ञहरुको टिम रहेको समेत खुलासा गरे । उनले महामन्त्री थापाले नयाँ पुस्ता नआई मुलुकलाई समुन्नत बनाउन सक्ने अवस्था नभएको कुरालाई सबैले मनन गरेर अघि बढनुपर्ने समेत बताए।

युवा पुस्ताको परिचालन गरेर मुलुकलाई समृद्ध बनाउन सकिने उनले बताए । मुलुकपछि पर्नुमा राजनीति नै जिम्मेवार रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्दै लैजान पनि नयाँ पुस्ताले त्यसको नेतृत्व लिनुको विकल्प नरहेको उनले बताएका छन् ।