देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पश्चिम सेती निर्माण गर्ने ओलीको आश्वासन

देशान्तर

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पश्चिम सेती निर्माण गर्ने आश्वासन दिएका छ ।

आज सुदूरपश्चिम प्रदेशको डोटीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विगतमा विविध कारणले आयोजना सम्पन्न गर्न सम्भव नभए पनि निर्वाचन पछि बन्ने एमाले सरकारले आयोजना पूरा गरेरै छाड्ने बताए ।

पश्चिम सेतीको निर्माण पछि यो ठाउँले नयाँ विकासको मार्ग लिने उनको दाबी छ । सुदुरपश्चिमका विभिन्न क्षेत्रमा प्राविधिक शिक्षालय स्थापना गर्नका लागि एमाले नेतृत्व तयार रहेको उनको भनाइ छ ।

यस्तै उनले भूकम्प पीडितका लागि राहत र उद्धारका काम तत्काल गर्न सरकारसँग माग समेत गरे । जनतालाई परेको पिरमर्कामा मलम लगाउन सरकारले ढिला गर्न नहुने उनको भनाइ छ।