देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रचण्ड क्रान्ति र शान्ति दुवैको नायक हुन् : वरिष्ठ नेता पौडेल

देशान्तर

काठमाडाैं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शान्ति र क्रान्ति दुवै प्रक्रियाको नायक भएको बताएका छन् ।

गोरखाको पालुङटार नगरपालिकामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोइराला जस्तै प्रचण्ड पनि शान्ति र क्रान्ति दुवैको नायक भएको बताए । ‘शान्ति र क्रान्ति दुवैको नायक इतिहासमा कमै जन्मन्छन्,’ वरिष्ठ नेता पौडेलले भने, ’प्रचण्ड पनि त्यसमध्येका एक नेता हुनुहुन्छ ।’ उनले कांग्रेसलगायतका गठबन्धनका दलले आवश्यकताअनुसार प्रचण्डलाई गोरखा पठाएको बताए ।

वरिष्ठ नेता पौडेलले संविधानको रक्षाका लागि गठबन्धन बनेको भन्दै यहीँ अब गठबन्धनले मात्रै राष्ट्रलाई समृद्धिको दिशामा लैजाने बताए । ‘हसियाँ हतौडासँग डराउनुपर्ने अवस्था छैन,’ उनले भने, ‘रुखले हँसिया हताँडालाई भोट हाल्नुस्, रुखले हँसिया हतौडालाई भोट हाल्नुस यहीँबाट राष्ट्रिय एकता सुरु हुन्छ ।’ प्रचण्डले निर्वाचन जितेर गएपछि उनले नै देशको नेतृत्व गर्नसक्ने उनको दाबी छ ।