काठमाडौँ – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज दैलेख जाने भएका छन् ।
कर्णाली प्रदेशका दुई जिल्लामा आयोजित चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड) आउन लागेका नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिए।
कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको केसीले बताए ।
उनीहरु आजै नवलपरासीको कार्यक्रममा सहभागी भइ आजै सुर्खेतको गुर्भाकोटको खैरेनी भेरी किनारमा हुने चुनावीसभालाई सम्बोधन गर्न आनेछन् ।





प्रतिक्रिया