देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमालेले गरेका कामको आधारमा जनताले जिताउने ओलीको दावी

देशान्तर

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले गरेका कामका आधारमा नै जनताले आफूहरुलाई चुनावमा बहुमतले जिताउने विश्वास व्यक्त गरेका छन् ।

नागरिक समाज र स्वतन्त्र अगुवाले मंगलबार गरेको पैदल यात्रा कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएका हो। पैदल यात्रा कार्यक्रममा अध्यक्ष ओलीसहित उनकी धर्मपत्नी राधिका शाक्यसहित दलका प्रदेश सभा सदस्यका उम्मेदवारहरुलाई नागरिकले फूल मालाले स्वागत गरेका थिए । पैदल यात्रामा नागरिक समाज, स्वतन्त्र युवा र समाजसेवीहरुको सहभागिता रहेको छ।

चुनावी प्रचारप्रसारकै निरन्तरताका रुपमा अध्यक्ष ओलीले कोटेश्वर क्षेत्रमा पैदल यात्रा गरेका हो । उनीहरुले ललितपुर क्षेत्र नम्बर–३ का प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारहरुको सहभागितामा पैदल यात्रा गरेका हुन् । चुनावको दिन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरुले आफ्ने प्रचारप्रसार तीब्र पारेका छन्।

यतिबेला राजनीतिक दल र उम्मेदवारहरु चुनावी घरदैलो कार्यक्रमा ब्यस्त भएका छन् ।