देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मतदाताको रोजाइमा पर्नेछुः पोख्रेल

देशान्तर

काठमाडौँ – काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार आकर्षण पोख्रेलले स्वतन्त्र उम्मेदवारहरुका एजेन्डा र सक्रियताप्रति मतदाताहरु पनि आकर्षित भएको आफूले पाएको दाबी गरेका छन् ।

उनले आज एक विज्ञप्ति जारी गर्दै आफू हाम्रो नेपाली पार्टी र लौरो चिन्ह अभियानबाट उम्मेदवार रहेको स्पष्ट पाएका छन् ।

उनले आफू विजयी हुने दाबी गर्दै भने, “स्थानीय तहको निर्वाचनमा सुरु भएको परिवर्तन खोज्ने अभियानले नै आसन्न निर्वाचनमा पनि निरन्तरता पाउनेमा विश्वास छ ।” उनले विगतमा वैकल्पिक दलहरु शक्ति आर्जनमा लाग्दा स्थापित हुन नसकेको बताए ।

“पदमा पुगेपछि मात्र परिवर्तन हुन्छ भन्ने मान्यताबाट अघि बढ्दा समस्या भएको हो”, जारी विज्ञप्तिमा भनिएको छ, “परिवर्तनका लागि पद चाहिन्छ भन्ने छैन । नेताहरुले नीति बनाउने र नीति कार्यान्वयन भए विकास हुने उनको भनाइ छ । फलानोले जित्यो भने विकास हुन्छ भन्ने मानसिकता हटाउनुपर्छ ।”

उनले आफू कुनै अमुक दलको उम्मेदवार भएको भनि गरिएको प्रचारको खण्डन गरेका छन् । वर्तमान निर्वाचन प्रणालीका कारण पनि सक्षम उम्मेदवार आउन कठिन भएको दाबी गर्दै चुनाव खर्चिलो भएको बताए । “हामी गलत अभ्यासमा गइरहेका छौँ, वर्तमान निर्वाचन प्रणालीमा सुधारको आवश्यकता छ”, उनले भने ।

उनले आफू पैसा खर्च गरेर राजनीति गर्ने पक्षमा नरहेको स्पष्ट पारे । “मैले जानेको कुरा समाजलाई दिन्छु भनेर राजनीतिमा आएको हुँ, यदि मेरो सोच र विचार मिल्छ भने ठीक छ होइन भने म पैसा खर्च गरेर राजनीति गर्ने पक्षमा छैन ।