देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तनहुँमा आठ सय २३ जनामा डेंगु संक्रमण

देशान्तर

तनहुँ – तनहुँमा असोज र कात्तिक महिनामा आठ सय २३ जनामा डेंगु संक्रमण भएको पुष्टि भएको छ । डेंगु संक्रमण बढेसँगै निको हुनेको सङ्ख्या पनि बढ्दै गएका कारण अस्पतालमा भीड कम हुन थालेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए। धेरैजसो डेंगु पोजेटिभका बिरामीे आफ्नै घरमा बसेर आराम गरिरहेकाले पनि अस्पतालमा हुने भीडमा कमी आएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत ४० भन्दा बढी प्रहरीहरुमा पनि डेंगु संक्रमण भएको छ । कार्यालयमा प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव उपरीक्षकसम्मका व्यक्तिलाई डेंगु संक्रमण भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

‘मलाई पनि डेंगु संक्रमण भयो, शरीर निकै दुख्ने रहेछ, सङ्क्रमण भएप्छि १० दिन सुत्नुपर्‍यो तर अहिले निको भएको छ,’ उनले भने । अस्पतालमा दैनिक दुई सयको हाराहारीमा स्वास्थ्य परीक्षणका लागि मानिस आउने गरेको दमौली अस्पतालले जनाएको छ ।

डेंगुका बिरामीलाई प्रशस्त मात्रमा पानी पिउने र आराम गर्नसुझाव सल्लाह दिइएको अस्पतालका निमित्त प्रमुख डा दिवस ढकालले बताए । अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये दैनिक आठ/दश जनामा डेंगु पोजेटिभ देखिने गरेको डा ढकालले जानकारी दिए ।