देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यान्त्रिक परीक्षण उडानको लागि एरो थाइ कम्पनीको जहाज पोखरामा

देशान्तर

काठमाडौं – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्सि सोमबार हुने क्यालिब्रेसन अर्थात् यान्त्रिक परीक्षण उडानका लागि एरो थाइ कम्पनीको जहाज पोखरा विमानस्थलमा पुगेको छ ।

विमान पोखरा आइपुगेको र पर्सि सोमबार दिउँसो १२ बजेदेखि यान्त्रिक परीक्षण उडान गर्ने तयारीमा रहेको पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए ।

विमानस्थल सञ्चालनअघि विमानस्थलमा जडान गरिएका प्राविधिक उपकरणहरुले सही रुपमा काम गर्छन् कि गर्दैनन् भनेर जाँच गर्नको लागि यान्त्रिक परीक्षण उडान गरिन्छ ।

क्यालिब्रेसन उडानका लागि पोखरा महानगरपालिका वडा नम्बर २६ मा रहेको रिठेपानी डाँडा कटानको काम पनि भएको प्रमुख मुनकर्मीले बताए । क्यालिब्रेसन प्लाइटको समयमा नियमित उडान प्रभावित हुने छन् ।

क्यालिब्रेसन उडान सकिएपछि एरो थाई कम्पनीले दिने प्रतिवेदनका आधारमा विमानस्थलमा वायुसेवा कम्पनीहरुले उडान र अवतरण गर्न सक्ने छन् ।