देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

झलनाथको क्षेत्रमा प्रतिनिधिसभाको मतपत्र प्रदेशमा खसेपछि लफडा

देशान्तर

काठमाडौँ – सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको क्षेत्रमा प्रतिनिधिसभामा खस्नुपर्ने मतपत्र प्रदेशसभामा खसेपछि लफडा भएको छ । इलाम क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको मतपत्र प्रदेशसभामा खसेपछि समस्या भएको हो ।

प्रतिनिधिसभाको मत प्रदेशमा काउन्ट मान्ने कि प्रतिनिधिसभामा मान्ने विषयमा समस्या भएको हो । सोही मतपत्रका विषयमा सहमति भएपछि दिउँसो २ बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ ।

यस क्षेत्रबाट खनाल उम्मेदवार छन् भने एमालेबाट महेश बस्नेत प्रतिस्पर्धी छन् ।