देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धेरैको चासोमा रहेको डडेल्धुरामा मतगणना सुरु

देशान्तर

काठमाडौँ – धेरैको चासोमा रहेको डडेल्धुरामा मत गणना सुरु भएको छ ।

जिल्ला अदालत डडेल्धुराबाट मत गणना थालिएको हो ।

सर्वदलीय बैठक बसेर दिउँसो २ बजेदेखि मत गणना गर्ने निर्णय गरेको थियो । दुर्गम ठाउँका मत पेटिका ढिलागरी सदरमुकाम पुगेकाले मत गणनामा ढिलाइ भएको थियो । २ बजेदेखि मतगणना गर्ने भनिए पनि भित्री मधेस क्षेत्रका मतपेटिका आउन ढिला भएपछि मतगणनामा ढिलाइ भएको हो ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र भएकाले धेरैको चासोको विषय बनेको छ । देउवासँग भिड्नको लागि स्वतन्त्र उम्मेदवार सागर ढकाल उम्मेदवार बनेका छन् । देउवा र ढकालसँगै कांग्रेस वीपीका वरिष्ठ उपाध्यक्ष कर्ण बहादुर मल्ल, विक्रमबहादुर शाही लगायतका ८ जना उम्मेदवार छन् । डडेल्धुरामा ५६.६४ प्रतिशत मत खसेको थियो ।

९१ हजार २०१ कुल मतदाता रहेकोमा ५१ हजार ६६० मत मात्रै खसेको थियो ।