देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौं – १ मा कांग्रेसका प्रकाशमानलाई राप्रपाका रवीन्द्रले उछिने

देशान्तर

काठमाडौँ – काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ ।

४ बजेसम्म प्राप्त नतिजाअनुसार राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका रवीन्द्र मिश्र झिनो मतले अगाडि रहेका छन् । मिश्र २४१७ मतसहित सबैभन्दा अगाडि रहेका छन् ।

त्यस्तै उनीभन्दा पछाडि दोस्रो स्थानमा रहेका कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले २३०२ मत प्राप्त गरेका छन् ।
त्यस्तै एमालेका किरण पौडेलको १४४० मत रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले १३६५ मत प्राप्त गरेका छन् ।

नेपाल सुशासन पार्टीका रमेश खरेलले १ सय ३५ मत प्राप्त गरेका छन् ।