देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चुनाव सकिएको दुई दिनपछि तेह्रथुममा मतगणना सुरु

देशान्तर

तेह्रथुम – तेह्रथुममा चुनाव सकिएको दुई दिनपछि मात्रै मतगणना सुरु भएको छ । मंगलबार दिउँसो २ बजेर ५० मिनेटदेखि प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना सुरु भएको हो ।

प्रदेश सभा निर्वाचन क्षेत्र १ तर्फको छथर गाउँपालिका १ वडाबाट र प्रदेश सभा निर्वाचन क्षेत्र २ तर्फको आठराई गाउँपालिका ३ ह्वाकूबाट मतगणना सुरु भएको छ ।

प्रतिनिधि सभातर्फ छथर गाउँपालिका १ वडा कार्यालय, आङदिम (ख) केन्द्र र छथर गाउँपालिका ४ वडा निविन शिक्षा सदन फाक्चामारा केन्द्रको मतगणना हुँदै छ ।