काठमाडौँ – गुल्मीको क्षेत्र नं २ मा नेकपा एमालेका गोकर्णराज विष्ट विजयी भएका छन् ।
नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई दुई हजार ४४ मतले पछि पार्दै विष्ट विजयी भएका हुन् । यो जीतसँगै यस क्षेत्रमा विष्टले ‘ह्याट्रिक’ गरेका छन् ।
यस क्षेत्रमा कूल ५८ हजार सात सय ५९ मत खसेको थियो । विजयी भएका विष्टले २८ हजार चार सय ८५ मत प्राप्त गरेको निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिए ।
उनका प्रतिस्पर्धी झाँक्रीले २६ हजार चार सय ४१ मत प्राप्त गरेको निर्वाचन अधिकृत थापाले जानकारी दिए । विष्टले २०७०, २०७४ र अहिले गरी लगातार तीन पटक चुनाव जितेका छन् । विष्टले यस क्षेत्रबाट २०५६ मा पनि चुनाव जितेका थिए ।
२०६४ मा मात्र विष्ट माओवादीका चन्द्रबहादुर थापासँग पराजय भएका थिए ।





प्रतिक्रिया