देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्वतन्त्र पार्टीबारे ओलीको टिप्पणी : हा हा हु हु मा देश चल्दैन

देशान्तर

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भनेर गरिएको प्रोप्रोगान्डा मिडियाको कृपा भएको बताएका छन्।

बिहीबार झापामा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीबारे गरिएको प्रचारले देशलाई गलत बाटोतिर लैजाने बताएका हुन्।

‘त्यो ठूलो कुरा होइन मामुली कुरा हो। धेरै उदय भनेर प्रचार प्रोप्रोगान्डा गरियो त्यो वास्तवमा तपाईंहरूको कृपा हो। देशलाई गतल बाटोतिर लैजाँदै हुनुहुन्छ,’ ओलीले भने, ‘त्यो पार्टी को के गन्तव्‍य हो, के कार्यक्रम हो, के नीति हो थाहा छैन। हा हा हु हु मा त देश चल्दैन। हा हु मा देश लैजाने कुरा नेपालको हितमा छैन।’

अध्यक्ष ओलीले निर्वाचनमा बुथ कब्जा गर्ने, राज्य संयन्त्रको दुरुपयोग गर्ने प्रवृत्ति देखिए गुण्डा ओसारेर आतंक मच्याउने, प्रहरी प्रशासन रमिते बन्ने प्रवृत्तिहरू चिन्ताको विषय भएको बताए।

‘सत्ता संरक्षक र सत्ता प्रायोजित र हिंसा जस्ता कुराहरु निन्दनीय कुराहरु हुन्,’ उनले भने।

अध्यक्ष ओलीले अभिमतले के परिणाम दियो आफ्नो ठाउँमा रहेको उल्लेख गर्दै मत परिणामका विषयमा विश्लेषण गर्ने पनि बताए। उनले आफ्नो पार्टीका उम्मेदवारहरुलाई मत दिने मतदाताहरुलाई धन्यवादसमेत दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाका ६ स्थानमा विजयी हासिल गरिसकेको छ भने अन्य ३ स्थानमा अग्र स्थानमा रहेको छ।