काठमाडौं – धनुषा निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)का जुलीकुमारी महतो निर्वाचित भएकी छिन्। उनले गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अनिल झाभन्दा नौ हजार छ सय ६९ मत बढी ल्याएर निर्वाचित भएकी हुन्।
निर्वाचन आयोगका अनुसार एमाले नेतृ महतोले ३३ हजार तीन सय ५५ मत प्राप्त गरेकी छिन् भने लोसपा नेता झाले २३ हजार छ सय ८६ मत प्राप्त गरेका छन् ।
महतोले पहिलोपल्ट प्रत्यक्ष निर्वाचनमा जित हासिल गरेकी हुन्। दुईपटक समानुपातिक सांसद हुँदै मन्त्रीसमेत बनेकी थिइन्। यससँगै धनुषाको चारमध्ये दुई सिटको मत परिणाम आउँदा एक कांग्रेस र एक एमालेको भागमा परेको छ।





प्रतिक्रिया