देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मध्यपूर्वी आप्रवासीहरुका लागि सुरक्षित मापदण्ड अपनाउन संयुक्त राष्ट्रसंघको आग्रह

देशान्तर

जेनेभा – संयुक्त राष्ट्रसंघले भू-मध्यसागर पार गर्ने क्रममा विभिन्न देशहरुबाट आप्रवासीका रुपमा युरोप प्रवेश गर्नेहरुका लागि सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघले युरोपेली देशहरुलाई सो आग्रह गरेको समाचारमा जनाइएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयुक्त फिलिपो ग्रान्डीले युरोपेली युनियनलाई सो आग्रह गरेको हो ।

युरोपेली युनियनलाई उनले युरोप जानका लागि भू-मध्य सागर पार गर्ने क्रममा आप्रवासी तथा युरोप छिर्ने मध्यपूर्वी तथा अन्य देशका आप्रवासीहरुलाई सुरक्षित मापदण्डहरु अपनाउन र आप्रवासीहरु प्रवेश गर्ने मार्गमा सुरक्षा प्रबन्ध गर्न आग्रह गरेको बताइएको छ ।

युरोपेली युनियनको न्याय परिषदको बैठकमा युरोपेली देशहरुका गृहमन्त्रीहरुसँगको भेटघाटको पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसंघका शरणार्थी तथा आप्रवासनसम्बन्धी प्रमुखले यो आग्रह गरेको समाचारमा जनाइएको छ ।

उनले भू-मध्य सागर पार गर्ने क्रममा तथा यही मार्गमार्फत युरोप प्रवेश गर्ने क्रममा तथा युरोप भएर आप्रवासीहरु जाने क्रममा यस वर्षमात्र कम्तीमा पनि दुई हजार जना विभिन्न देशका आप्रवासी तथा शरणार्थीको मृत्यु भएको या हराएका पनि जानकारी दिएका छन् ।

युरोप प्रवेश गर्ने एवं युरोप भएर जाने आप्रवासीहरुका साथै शरणार्थीहरुको बाटो असुरक्षित हुन पुगेको उनको भनाई थियो । उनले युरोपका सबै देशहरुलाई यस्तो सुरक्षित मापदण्ड अपनाउन आग्रह गरेको समाचारमा जनाइएको छ ।