देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महोत्तरी -३ मा लोसपाका अध्यक्ष ठाकुर विजयी

देशान्तर

 महोत्तरी- महोत्तरीको निर्वाचन क्षेत्र ३ प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् ।

शुक्रबार साँझ सम्पन्न मतगणना परिणामअनुसार लोसपा अध्यक्ष ठाकुर आफना निकटतम प्रतिद्वन्द्वीलाई दुई हजार पचास मतअन्तरले विजयी भएका हुन् । पाँच दलीय गठबन्धका साझा उम्मेदवार समेत रहेका अध्यक्ष ठाकुर १६ हजार ३७५ मत ल्याएर विजयी  भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका हरिनारायण यादवले १४ हजार ३२५ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसअघि २०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा अध्यक्ष ठाकुर सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।