देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कपिलवस्तु-२ मा कांग्रेसका आचार्य निर्वाचित

देशान्तर

काठमाडौं – कपिलवस्तु निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित भएका छन् ।

आचार्यले नेकपा एमालेका बृजेशकुमार गुप्तालाई पराजित गरेको हो । उनले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा पराजित भएका गुप्ताले ३८ हजार छ सय ९७ मत पाएका हुन् ।

यस्तै कपिलवस्तु–२ प्रदेशसभा ९२० मा नेपाली कांग्रेसका सुधाकर पाण्डेय निर्वाचित भएका छन् । उनि आठ सय ९१ मतान्तरले निर्वाचित भएका हुन्। पाण्डेयले १४ हजार एक सय ८५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धर्मबहादुर लाल श्रीवास्तवले १३ हजार तीन सय ९४ मत प्राप्त गरेका हुन् ।