देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मोरङ-१ मा कांग्रेसका डिगबहादुर लिम्बूको अग्रता

देशान्तर

विराटनगर – ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा क्षेत्र नम्बर १ को मत गणना जारी छ।यो क्षेत्रमा मत गणनाको सुरुवाती चरणदेखि एमालेका घनश्याम खतिवडाले अग्रता कायम राख्दै आएका थिए।

तर, पछिल्लो मत परिणामअनुसार कांग्रेसका डिगबहादुर लिम्बूले १ सय २ मतको अन्तरले अग्रता लिएका छन्।लिम्बूले २४ हजार ३ सय १३ मत ल्याएका छन् भने खतिवडाले २४ हजार १ सय ३५ मत ल्याएका छन्।