सुनसरी – सुनसरी क्षेत्र नम्बर ४ मा मतगणना रोकिएको छ । नेकपा एमालेले धाँधली गरेको भन्दै नेपाली कांग्रेसले विरोध गरेपछि मतगणना रोकिएको हो ।
निर्वाचन आयोगले ६ सय ६ मत एमालेकोमा जोडेको भन्दै कांग्रेसले विरोध गरेको हो । अहिले सर्वदलीय बैठक चलिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पछिल्लो मत परिणामअनुसार सुनसरी ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतको अग्रता लिएका छन्। अहिलेसम्म ६० हजार ६ सय ३२ मतगणना हुँदा उनले २३ हजार ७९ मत प्राप्त गरेका हुन् । उनलाई नेकपा एमालेका जगदीश कुसियतले २३ हजार ८ मतसहित पछ्याइ रहेका छन् ।





प्रतिक्रिया