देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोभिडले पारेको असर न्यूनिकरण सुनिश्चित गर्न आइएलओको सुझाव

देशान्तर

काठमाडौँ – दक्षिण एशियाका रोजगारदाता, ट्रेड युनियन र सरकारी प्रतिनिधिहरूबीच पोस्ट कोभिडको अवस्थाको बारेमा काठमाडौंमा छलफल भएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको पहलमा आयोजित कार्यक्रममा कोभिड–१९ ले कार्यस्थल र रोजगारीको स्थितिमा पारेको प्रभाव बारेमा छलफल भएको हो । बिल्डिङ रेजिलियन्स फर फ्यूूचर अफ वर्क एण्ड पोष्ट कोभिड–१९ विषयमा आयोजित कार्यक्रममा नेपाल, बंगलादेश, भारत र पाकिस्तानका रोजगारदाता, ट्रेड यूनियन र सरकारका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

सोहीकार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष रामचन्द्र संघाईले कोभिड महामारीपछि श्रम बजार परिदृश्यमा परिवर्तन आएको र नयाँ चुनौतीहरू देखापरेको बताए। चुनौतीहरूको सामना गर्न थप प्रयासहरू आवश्यक भएको जोड दिंदै उनले त्यसका लागि उपयुक्त रणनीति र नीति आवश्यक रहेको बताए ।

दक्षिण एशियामा अर्थतन्त्रको ठूलो हिस्सा अहिले पनि अनौपचारिक रहेको भन्दै साना मझौला उद्योगहरूको दिगोपन र अनौपचारिक क्षेत्रको औपचारिकीकरण, आर्थिक वृद्धि, रोजगारी सिर्जना र कार्यस्थलको सुधारिएको अवस्था सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै आइएलओका नेपाल निर्देशक डा. रिचार्ड हवार्ड, आइएलओ भारतका वरिष्ठ विशेषज्ञ रवि पेरिस, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव लगायतले धारणा राखेका थिए ।