देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज विवाह पञ्चमी पर्व धुमधामका साथ मनाइँदै

देशान्तर

काठमाडौँ – सोमबार विवाह पञ्चमी, त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीराम र जनकपुत्री जानकीबीच विवाह भएको दिन हो ।

मिथिलाञ्चलसहित देशैभर यो पर्व धुमधामका साथ मनाइएको छ। हरेक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन सीताराम स्वयम्बरको दिनलाई विवाह पञ्चमी पर्वको रूपमा मनाउने गरिन्छ। मिथिलाञ्चलमा यो पर्व करिब एक सातासम्म महोत्सवको रुपमा मनाउने गरिन्छ। जनकनन्दनी सीताको विवाह भएको दिनको सम्झनामा मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गर्दछन् ।

यो पर्वमा भारतको अयोध्याबाट ठूलो संख्यामा जन्ती आउने प्रचलन समेत रहेको छ । यसैबीच, विवाह पञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले आज सोमबार सार्वजनिक बिदा समेत दिएको छ ।